पोखरा महोत्सवमा आयोजित छेलो प्रतियोगिताको उपाधि निशानलाई
पाेखरा | माघ ८, २०८२
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन ।
प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतिय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।
त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।
महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

